नेपाली नारी समाज पोर्तुगलको अध्यक्षमा सीता श्रेष्ठ सहित २१ नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित
पुनम गौतम
पोर्तुगल । नेपाली नारी समाज पोर्तुगलको तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । कोरोना महामारिले विश्व आक्रान्त बनिरहेको बेला समाजले सबैलाई समेट्ने गरि जुम भर्चुअलबाट अधिवेशन गरिएको हो । अधिवेशनले सीता श्रेष्ठ (शिवानी) को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
जसको उपाध्यक्षहरुमा प्रितु लामा, ज्योत्सना अधिकारी, गिता रेउले(डि.सि), जानकी सुवेदी(पोर्तो) सहित पुनम गौतम महासचिवमा चयन भएका छन् । त्यस्तै कल्पना कार्की र मोनिका भुसाल सचिबमा चयन ...


