पुनम गौतम
पोर्तुगल । नेपाली नारी समाज पोर्तुगलको तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । कोरोना महामारिले विश्व आक्रान्त बनिरहेको बेला समाजले सबैलाई समेट्ने गरि जुम भर्चुअलबाट अधिवेशन गरिएको हो । अधिवेशनले सीता श्रेष्ठ (शिवानी) को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
जसको उपाध्यक्षहरुमा प्रितु लामा, ज्योत्सना अधिकारी, गिता रेउले(डि.सि), जानकी सुवेदी(पोर्तो) सहित पुनम गौतम महासचिवमा चयन भएका छन् । त्यस्तै कल्पना कार्की र मोनिका भुसाल सचिबमा चयन त्यस्तै डोङ्गा ल्हामु शेर्पा कोषाध्यक्षमा र देवि गुरुङ सह-कोषाध्यक्षमा चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा लक्ष्मि परियार,स्मृति न्यौपाने, इन्दिरा श्रेष्ठ, अन्किता खनाल, गँगा लामा, स्नेहा परियार, बबिता शर्मा, बिन्दु गौतम पौडेल, ईन्द्रकुमारी थापा (चेली) बुद्धिमाया गुरुङ र सत्यदेवी गुरुङ सहित ११ जना सदस्य रहेका छन् ।
सन् २०१४ देखि पोर्तुगलमा महिलाहरुको क्षेत्रमा समाजिक रुपमा कार्य गर्दै आइरहेको समाजले प्रवासबाटै नेपाली चेलीबेटीहरुको पक्षमा वकालत गर्दै आइरहेको छ । पोर्तुगलमै बसोबास गर्ने दिदिबहिनीहरुका समस्या, हिँसामा छट्पटाएका महिलाहरुको समस्याहरुलाइ दुई पक्ष राखेर मिलाउने कोशीश गर्दै समाधानको बाटो पहिल्याउन र नेपालबाट आउने समस्याहरुलाइ समेत मध्यनजर गर्दै कानुनी परामर्श सहित उचित समाधान गर्ने गरेको छ ।
साथै समाजले महिलाहरुको क्षमता विकास, सिपमुलक कार्य तथा तालीमको साथै विदेशी भुमिमा रहेका दिदिबहिनीहरुलाइ लक्ष्यित गर्दै हाउस किपिङ, व्युटिसियन तालिम लगायतका थुप्रै अवसरहरु प्रदान गर्ने गरेको छ । तेस्रो कार्यकालमा युवाहरुको बाहुल्यता बढी भएकाले यो कार्यसमितिले आगामी दिनमा थप उत्साहजनक कार्य गर्ने जनाएको छ । छुटेर नभइ सबै नेपाली दिदिबहिनीहरु परदेशमा जुटेर लाग्नुपर्ने लिस्बनका लागि महाबाणिज्यदुत मकर हमालले बताउनुभयो । प्रमुख अतिथि समेत रहनु भएको हमालले भाइचाराको साथ अगाडि बढन आग्रह गर्दै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो ।
गैरआवासिय नेपाली संघ पोर्तुगलको कार्यबाहक अध्यक्ष समेत भै सक्नुभएकी अध्यक्ष श्रेष्ठले यसपटक समग्र पोर्तुगलबासी दिदिबहिनीहरुको हकहितका लागि अझ शसत्त रुपमा अगाडी बढाउनका लागि आफ्नो भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।सँस्थापक अध्यक्ष सीता बरालको संयोजकत्वमा निर्वाचन समिति तय गरिएको थियो ।