×

अन्तर्राष्ट्रिय/प्रबास

म्यानमारको सेनाविरुद्ध कदम चाल्ने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

म्यानमारको सेनाविरुद्ध कदम चाल्ने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन् । म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको छ । साथै एक वर्ष संकटकालको घोषणा गरेको छ । म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाएका छन् । उनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन् । अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी दिएका छन् ।म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भ...

म्यानमारको शासन सेनाको हातमा, एक वर्षका लागि संकटकाल

म्यानमारको शासन सेनाको हातमा, एक वर्षका लागि संकटकाल
म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ।सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ। आजै बिहान स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ।यसअघि सोमबार उज्यालो हुन नपाउँदै म्यानमारको सेनाले नेतृ आङ सान सुकी, राष्ट्रपति विन...

नासाले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता बाँकी

नासाले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता बाँकी
काठमाण्डौ- अमेरिकी अन्तरिक्ष निकाय नासाले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता मात्र बाँकी रहेको छ । नासाले मङ्गल ग्रहमा वैज्ञानिक अनुसन्धानका लागि पर्सिभरेन्स रोबोट पठाएको हो ।नासाले पठाएको रोबोट र मङ्गल ग्रहबीच जम्मा ४५ लाख किलोमिटर दूरी छ तर त्यो द्रुत गतिमा कम हुँदै गइरहेको नासाले जनाएको छ । रोबोट जेजेरो ज्वालामुखी पहाड नजिकै अवतरण गर्ने अपेक्षा गरिएको छ । अवतरण गर्ने बेलाको सात मिनेटलाई इन्जिनियरहरूले ’सात मिनेटको आतङ्क’ भनेका छन् । अवतरण गर्न तय गरिएको ठा...

छिमेकी देशहरुमा ५५ लाख डोज खोप सहयोग गर्दै भारत

छिमेकी देशहरुमा ५५ लाख डोज खोप सहयोग गर्दै भारत
काठमाण्डाै - भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोना भाइरसविरुद्धको ५५ लाख डोज खोप सहयोग गरेको छ । एक करोड खोप अफ्रिकी देशहरुलाई दिने योजना रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ । त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीलाई दिन लागिएको पनि मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । ओमन, तथा क्यारेबियाका १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोनाविरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको भारतक...

यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु

यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु
काठमाडौं । एक यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ । २९ जना गम्भीर घाइते भएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो । सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परेको बसमा ७० सिट रहेको थ...

भारतमा कोरोना निर्देशिकाको म्याद एक महिना थप

भारतमा कोरोना निर्देशिकाको म्याद एक महिना थप
काठमाण्डाै - भारतमा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरि लम्ब्याइएको छ । भारतीय केन्द्रीय सरकारले निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा एक महिना थपिएको घोषणा गरेको हो । हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नु पर्ने वा निरन्तर साबुन पानीले हात धुनुपर्नेलगायत नियम कडाइकासाथ पालना गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । यसअघि यो निर्देशिका यही जनव...

भारतमा टिकटकलगायत ५९ एपमाथि स्थायी प्रतिबन्ध

भारतमा टिकटकलगायत ५९ एपमाथि स्थायी प्रतिबन्ध
काठमाडौं । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्राद्योगिकी मन्त्रालयले टिकटकलगायत ५९ चिनियाँ एपमाथि स्थायीरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसअघि गत जुन महिनामा गरेको निर्णयलाई स्थायी गरिएको मन्त्रालयले बताएको छ । मन्त्रालयले गत जुन महिनामा यी एपहरुमाथि प्रतिबन्ध लगाउँदै एप निर्माताहरुबाट एपको सुरक्षा र गोपनीयताबारे व्याख्याको लागि समय दिएको थियो । तर, कुनै पनि कम्पनीले बुझाएको जवाफबाट सरकार सन्तुष्ट नभएको मन्त्रालयले बताएको छ । स्थायीरुपमा प्रतिबन्ध लागेका एपहरुमा टिकट...

खोपका विषयमा आत्म केन्द्रीत नबन्न एस्ट्रोजेनेकाको आग्रह

खोपका विषयमा आत्म केन्द्रीत नबन्न एस्ट्रोजेनेकाको आग्रह
काठमाण्डौ । अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्रोजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ । एस्ट्रोजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरियटले ‘दाभोस वर्ल्ड इकोनोमिक फोरम’को विद्युतीयमाध्यममार्फत् सञ्चालित कार्यक्रममा बोल्दै घातक कोरोनाभाइरस महामारीको लागि वैश्विक तयारीको अभाव रहेको बताउनुभयो । ुकोभिड–१९ व...

कर्नाटकमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट, ८ जनाको मृत्यु

कर्नाटकमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट, ८ जनाको मृत्यु
काठमाडौं । भारतको कर्नाटक राज्यमा जिलेटिन लोड गरिएको एक ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ ।मजदुरहरुसमेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति सवा १० बजेतिर विष्फोट भएको हो । विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ ।सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ । साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ । स्थानीयले विष्फोटको समयमा भूकम्प गएजस्त...