फ्रान्सका स्वास्थ्यमन्त्रीले भने, ‘परीक्षणको दायरा बढाएर नभई, लकडाउन खुकुलोले संक्रमित बढायो’
भदौ ८, २०७७ एजेन्सी
फ्रान्सका स्वास्थ्यमन्त्रीले कोरोनाभाइरस संक्रमितको संख्या बढेका कारण देशमा संकटको स्थिती भएको बताएका छन् ।जर्नल डू डिमांश पत्रिकालाई दिएको अन्तरवार्तामा ओलिवियर वेवांले परीक्षणको दायरा बढाएका कारण संक्रमितको संख्या धेरै देखिएको होइन भन्ने अभिव्यक्ति दिएका छन् ।उनले फ्रान्समा कोरोनाको प्रकोप कहिले पनि नरोकिएको बताएका छन् ।उनले लकडाउनका कारण संक्रमितको संख्या नियन्त्रणमा रहेको र खुकुलो बनाएपछि संख्यामा वृद्धि हुन थालेको पन...


