![](https://www.ujayalokhabar.com/wp-content/uploads/2020/08/2-australia.jpg)
हिन्दू महिलाहरूको महान चाड तीजको अवसरमा साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले साडीमा सजिएर शुभकामना दिनुभएको छ ।
रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दु नारीलाई तीजको शुभकामना दिनुभएको हो । आफ्नो शुभकामना सन्देशमा लीले लेख्नुभएको छ – ‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपूर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाईन्छ ।’
तीजकै अवसरमा अष्ट्रेलिया समुदायको महत्वपूर्ण अंगका रुपमा रहेका तमाम हिन्दु नारीलाई साथी भन्न पाउँदा आफूले निकै भाग्यमानी महसुस गरेको लीले लेख्नुभएको छ ।
महिलाहरुले समाज निर्माणमा खेलेको भूमिका स्मरण गर्दै सांसद लीले लेख्नुभएको छ -‘सबै महिला मिलेर यो पर्व मनाउ अनि हाम्रा जवान चेलीहरुलाई थप सशक्तिकरण गरि बलियो र दयालु बन्न मद्दत गरौं ।’
यो तीजको अवसरमा म मेरी दुई मायालु आमा, सबै आमाहरु, सानीआमाहरु, दिदिबहिनीहरु, छोरीहरु र सबै सुन्दर महिलाहरु र चेलीहरुलाई शुभकामना दिन चाहान्छु ।