वाइडेनले डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने
काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिनुभएको छ ।उहाँले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गर्नुभएको हो ।यसअघि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गर्नुभएको थियो ।
यस कदमलाई वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ ।अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्ल्यूएचओका प्रम...


