Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिनुभएको छ ।उहाँले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गर्नुभएको हो ।यसअघि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गर्नुभएको थियो ।

यस कदमलाई वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ ।अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयसले धन्यवाद दिनुभएको छ ।

विश्वभरि स्वास्थ्य महामारी चलिरहेका बेला डब्ल्यूएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्बन्धलाई जोडेको बताएको छ ।

तपाईको प्रतिक्रिया