वाशिङ्टन हिंसा : मृतकको संख्या चार पुग्यो
काठमाडौं । अमेरिकाको राजधानी सहर वाशिङ्टन डीसीमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनको जित भएको औपचारिकताको लागि बुधबार कंग्रेसको बैठक चलिरहेको समयमा क्यापिटल हल बाहिर ट्रम्पका समर्थकहरुले प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरुले उक्त बैठकमा छिर्ने प्रयास गर्दा सुरक्षाकर्मीहरुले उनीहरुलाई रोक्ने प्रयास गरेका थिए । त्यसपछि प्रदर्शन हिंसात्मक बन्न पुगेको हो ।
वाशिङ्टनका मेयरले दिएको जानकारीअनुसार...


