चीनमा चक्कु आक्रमणमा परी सातजनाको मृत्यु
काठमाडौं । उत्तर-पूर्वी चीनको लियाओनिङ प्रान्तस्थित कैयुन सहरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु आक्रमण गर्दा सातजनाको मृत्यु भएको छ । थप सातजना मानिसहरु उक्त आक्रमणमा परी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । यद्यपि उक्त आक्रमण किन गरिएको थियो भन्नेबारे केही खुलेको छैन ।
यो घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । चीनमा यस किसिमको हिंसात्मक घटनाहरु विरलै हुने गरेका छन् । तर, पछिल्लो केही वर्षयता भने यस किसिमका घटनाहरु बढ्न थालेका छन् । यस किसिमको आक्रमणहरु मानस...


