Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाडौं । उत्तर-पूर्वी चीनको लियाओनिङ प्रान्तस्थित कैयुन सहरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु आक्रमण गर्दा सातजनाको मृत्यु भएको छ । थप सातजना मानिसहरु उक्त आक्रमणमा परी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । यद्यपि उक्त आक्रमण किन गरिएको थियो भन्नेबारे केही खुलेको छैन ।

यो घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । चीनमा यस किसिमको हिंसात्मक घटनाहरु विरलै हुने गरेका छन् । तर, पछिल्लो केही वर्षयता भने यस किसिमका घटनाहरु बढ्न थालेका छन् । यस किसिमको आक्रमणहरु मानसिक सन्तुलन गुमाएका मानिसहरु वा कुनै व्यक्तिगत बदला लिनको लागि हुने गरेको छ ।

स्थानीय समयअनुसार उक्त घटना बिहान ८ बजे भएको हो । प्रहरीले दिएको जानकारी अनुसार उक्त घटनामा एक प्रहरी पनि घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया