Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी लोटरी एवं कामदार भिसाको माध्यमबाट अमेरिकामा आउन लगाइएको रोकलाई थप तीन महिना लम्बाएका छन् । ट्रम्पले कार्यकारी आदेशमार्फत गत डिसेम्बर ३१ सम्म कामदार र आप्रवासी भिसामा रोक लगाएका थिए । अब यो रोकावट मार्च ३१ सम्म रहने भएको छ ।

तर, जनवरी २० देखि राष्ट्रपतिय अफिस सम्हाल्ने तयारीमा रहेका जो बाइडेनले चाहिँ ट्रम्पको यो कदमको निन्दा गरेका छन् । उनले आफू ह्वाइट हाउसमा पुगेपछि ट्रम्पले लगाएका सबै खराब अध्यागमन नीतिलाई सच्याउने बताएका छन् । बाइडेनले यसो भनेपछि जनवरी २० सम्म यो रोकावट चाहिँ कायमै रहने भएको छ ।

ट्रम्पले प्रतिबन्ध लगाएपछि नेपालबाट डीभी पर्नेहरु अमेरिका जान पाएका छैनन् । २०२१ को लागि डीभी परेकाहरुले भिसा पाएका छैनन् भने २०२० मा डीभी परेका र गएको सेप्टेम्बरमा भिसा पाएका पनि अमेरिका जान पाएका छैनन् । सेप्टेम्बरमा भिसा पाएकाहरु मार्चभित्र अमेरिका पुगिसक्नुपर्नेछ । नभए उनीहरुको भिसाको अवधी समाप्त हुनेछ । यस्तो बेला उनीहरुको भिसा के हुन्छ भन्नेबारे खुलाइएको छैन ।

ट्रम्पले यस्तो निर्णय गर्दा डीभी परेका ४ सय नेपाली नेपालमै रोकिएका छन् । मार्चभित्र अमेरिका नगए भिसा स्थगित हुने जनाइएको छ । अदालतको आदेशपछि डीभी परेका नेपालीको संख्या ४०४ रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया