Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाण्डौ – म्यानमारमा सेनाको कू को विरोधमा भइरहेको विरोध प्रदर्शन हिंसात्मक हुँदै गएको छ ।म्यानमारको मुख्य सहर यङ्गुनमा हिंसात्मक झडप हुँदा २१ जना प्रदर्शनकारीको ज्यान गएको पुष्टि गरिएको छ । तर, प्रदर्शनमा ३८ जना मारिएको आशङ्का गरिएको छ ।

सुरक्षाफौजले प्रदर्शनकारीमाथि गोली चलाएका र प्रदर्शनकारीले पनि चक्कु र लाठी प्रहार गरेका बीबीसीले जनाएको छ ।गएको फेब्रुअरी एक तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ ।विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १२० जनाभन्दा धेरैको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया