×

समाचार

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौँ ल्याइयो
७ कात्तिक, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ। कोरोना संक्रमण भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत् शुक्रबार काठमाडौँ ल्याइएको हाे । बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा उनको उपचार हुने बताइएको छ। उनलाई बिहीबार कोरोना संक्रमण देेखिएको थियो। पौडेलसँगै उनकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको थियो।

बडा दशैको सातौ दिन आज फूलपाती

बडा दशैको सातौ दिन आज फूलपाती
७ कात्तिक, काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । ‘नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैद...

बेवारिसेलाई खाना खुवाउने अभियान सुरु 

बेवारिसेलाई खाना खुवाउने अभियान सुरु 
चितवन  । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले नारायणगढस्थित नारायणी नदी किनारमा बेवारिसे सडक मानवहरुलाई दसैँको अवसरमा निःशुल्क खाना खुवाइरहेको छ । केन्द्रले असोज १ गते घटस्थापनाबाट दोस्रो चरणको खाना खुवाउने अभियान सुरु गरेको हो । अभियानलाई पूर्णीमासम्म सञ्चालन गरिने संस्थाकी संयोजक सीता कुँवरले बताइन् । कुँवरका अनुसार हरेक दिन बिहान ११ बजे र बेलुका ६ बजेपछि खाना खानका लागि सडक मानवहरु आउने गर्छन् । सामाजिक दुरी कायम राख्दै लामबद्ध रुपमा बसेकै ठाउँमा उन...

आज दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै

आज दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै
 काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीका...

इन्ट्राट क्लवद्धारा दिव्यधाम मन्दिरमा सरसफाई

इन्ट्राट क्लवद्धारा दिव्यधाम मन्दिरमा सरसफाई
गैडाकोट । इन्ट्राक्ट क्लव अफ गैंडाकोटद्वारा आयोजना गरेको सरसफाइ अभियानको दोस्रो दिन गैंडाकोट नगरपालिका वडा नं. १ मा रहेको लक्ष्मी नृसिंह दिव्यधाम मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । मन्दिर परिसर र बगैंचा क्षेत्र सरसफाइ कार्यमा इन्ट्राक्ट क्लब,रोट्र्याक क्लब,बाल क्लब र रोटरी क्लबका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी गैंडाकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले गैंडाकोट वडा नं १ मा रहेका मठमन्दिरको बगैंचा निर्माण ,सरसफाइ र संरक्ष...

एकैदिन ५७४३ जनामा कोरोना पुष्टि

एकैदिन ५७४३ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये जना ३१०७ काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९९६...

देवघाट गाँउपालिकाको आफ्नै भवन बन्दै

देवघाट गाँउपालिकाको आफ्नै भवन बन्दै
गैँडाकोट । तनहुुँको देवघाट गाँउपालिकाले आफ्नै भवन बनाउने भएको छ । देवघाट गाँउपालिकाका कार्यालयले आफ्नै भवन बनाउनको लागी निर्माणको काम अगाडी बढाईरहेको छ । देवघाट गाँउापलिका वडा नं. ५ क्यूदीमा तीनतल्ले पक्की भवन निर्माण भै रहेको गाउँपालिकाका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो । देवघाट गाँउपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारको बजेट गाउँपालिकाले आफ्नै भवन निर्माणको प्रकृया अगाडी बढाएको हो । ५ हजार २ सय वर्गफुटमा बन्ने भवनको निर्माणको जिम्मा पाएको रविना ...

२ पेस्तोल सहित तनहुुँमा एकजना पक्राउ

२ पेस्तोल सहित तनहुुँमा एकजना पक्राउ
तनहुँ । तनहुँ प्रहरीले बन्दीपुर ६ ज्यामिरेस्वाँराबाट दुई पेस्तोल सहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय अशोक गुरुङ रहेका छन । गुरुङको घरबाट सुटकेसमा लुकाएर राखिएको पेस्तोलसँगै गोली तथा गैंडाको खागजस्तो देखिने वस्तुसँगै छालाजस्तै देखिने अन्यवस्तुहरु पनि बरामद भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रे र बन्दीपुर प्रहरी चौकीबाट गएको टोलीले सोमबार ती वस्तु बरामद गरेकामा मंगलबार घरधनी अशोकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज त...

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारबाट हात झिकेको छैन

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारबाट हात झिकेको छैन
पोखरा । संघीय सरकारले हात झिके पनि गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार जारी राख्ने बताएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हाल ३८ ठाउँबाट संक्रमितको उपचार भैरहेको बताएका छन् । हाल प्रदेशमा लमजुङ, स्याङजा र नवलपुर बाहेकका जिल्लामा आईसोलेसनको व्यवस्था छ ।मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले गण्डकी प्रदेशमा संक्रमितको निःशुल्क उपचार भैरहेको भन्दै प्रदेश सरकार नागरिकप्रतिको दायित्वबाट विमुख नभएको बताएका छन् । कोरोना संक्रमितको निःशुल्क उपचार र परीक्ष...