पोखरा । संघीय सरकारले हात झिके पनि गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार जारी राख्ने बताएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हाल ३८ ठाउँबाट संक्रमितको उपचार भैरहेको बताएका छन् ।
हाल प्रदेशमा लमजुङ, स्याङजा र नवलपुर बाहेकका जिल्लामा आईसोलेसनको व्यवस्था छ ।मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले गण्डकी प्रदेशमा संक्रमितको निःशुल्क उपचार भैरहेको भन्दै प्रदेश सरकार नागरिकप्रतिको दायित्वबाट विमुख नभएको बताएका छन् ।
कोरोना संक्रमितको निःशुल्क उपचार र परीक्षण प्रदेश सरकारको खर्चबाटै भएको भन्दै उनले यो यथावत रहेको दाबी गरेका छन् ।