
तनहुँ । तनहुँ प्रहरीले बन्दीपुर ६ ज्यामिरेस्वाँराबाट दुई पेस्तोल सहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय अशोक गुरुङ रहेका छन ।
गुरुङको घरबाट सुटकेसमा लुकाएर राखिएको पेस्तोलसँगै गोली तथा गैंडाको खागजस्तो देखिने वस्तुसँगै छालाजस्तै देखिने अन्यवस्तुहरु पनि बरामद भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रे र बन्दीपुर प्रहरी चौकीबाट गएको टोलीले सोमबार ती वस्तु बरामद गरेकामा मंगलबार घरधनी अशोकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिनुभयो ।
अशोक र विरेन गुरुङले ‘हतियार देखाएर आतंकित गराएको’ सूचनापछि प्रहरी टोलीले छापा मार्दा ती वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।