×

गैडाकोट । इन्ट्राक्ट क्लव अफ गैंडाकोटद्वारा आयोजना गरेको सरसफाइ अभियानको दोस्रो दिन गैंडाकोट नगरपालिका वडा नं. १ मा रहेको लक्ष्मी नृसिंह दिव्यधाम मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
मन्दिर परिसर र बगैंचा क्षेत्र सरसफाइ कार्यमा इन्ट्राक्ट क्लब,रोट्र्याक क्लब,बाल क्लब र रोटरी क्लबका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी गैंडाकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले गैंडाकोट वडा नं १ मा रहेका मठमन्दिरको बगैंचा निर्माण ,सरसफाइ र संरक्षणमा वडाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट सहयोग गर्ने योजना बनाएको कुरा बताउनु भयो ।
बालबालिका कार्यक्रमलाई वडाले प्रमुख प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा वडा नं १ का वडा सदस्य एवं रोटरी क्लब अफ गैंडाकोटका उपाध्यक्ष राजेन्द्र प्रसाद उपाध्याय,रोट्र्याक क्लब अफ गैंडाकोटका अध्यक्ष कौशिक पन्त,पत्रकार एवं बाल अधिकारकर्मी जगन्नाथ उपाध्याय लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । इन्ट्राक्ट सचिन शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम इन्ट्राक्ट क्लब अफ गैडाकोटका अध्यक्ष सुस्मिता भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण इन्ट्राक्ट स्नेहा सागर सुवेदीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया