
७ कात्तिक, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ। कोरोना संक्रमण भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत् शुक्रबार काठमाडौँ ल्याइएको हाे । बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा उनको उपचार हुने बताइएको छ।
उनलाई बिहीबार कोरोना संक्रमण देेखिएको थियो। पौडेलसँगै उनकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको थियो।