×

समाचार

पुर्वसभासद मानपुर चौधरीको कोरोना कारण मृत्यु

पुर्वसभासद मानपुर चौधरीको कोरोना कारण मृत्यु
 सप्तरी । संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ ।   सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ रिपोर्ट आएको थियो । ज्वरोबाट पीडित ५५ बर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोजको तेस्रो साता उप...

खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्युु

खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्युु
खाेटाङ।  खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् । दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ की बृहस्पती राईको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुका को १ ज ३४७० नम्बरको ट्याक्सी पौवासेराको बाघखोर भञ्ज्याङमा दुर्घट्ना हुँदा बृहस्पती राईको नौ महिनाको बच्चासहित उदयपुर चौदण्डीगढी नगरपालिका–६ कै छत्रबहादुर राई, दिपक परियार, चौदण्डीगढी नगरपालिकाका चालक यमकुमार बिक, दिप्सन राई र ...

दशैको मुख्य दिन आज , टिकाको उत्तम साईत १० बजेर १९ मिनेटमा

दशैको मुख्य दिन आज , टिकाको उत्तम साईत १० बजेर १९ मिनेटमा
काठमाण्डाै – दशैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ ...

कोरोनाका कारण कावासोतीमा ९ दिनको अन्तरमा आमाछोरीको मृत्यु

कोरोनाका कारण कावासोतीमा  ९ दिनको अन्तरमा आमाछोरीको मृत्यु
नारायण शर्मा नवलपरासी — कावासोतीमा कोरोना संक्रमणबाट ९ दिनको फरकमा आमाछोरीको मृत्यु भएको छ । मृत्युपछि आएको पीसीआर रिपोर्टमा दुवै जनालाई कोरोना संक्रमण देखिएको हो ।कावासोती नगरपालिका–११ का वडाध्यक्ष शारदा अधिकारीका अनुसार पिठौली चोककी ४० वर्षीया महिलाको बुधबार बिहान घरमै मृत्यु भएको थियो । चार दिनपछि आइतबार आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको हो । असोज २६ गते घरमै निधन भएकी उनकी आमाको पनि पछि रिपोर्ट आउँदा कोरोना देखिएको थियो । आमालाई बिरामी परेको खबर आएपछि ती महिला...

आज महानवमी पर्व, बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

आज महानवमी पर्व, बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर, कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम...

घरको छतवाट धकेलेर बुवाको हत्या

घरको छतवाट धकेलेर बुवाको हत्या
दाङ । दाङमा छोराले आफ्नै बुवाको हत्या गरेका छन । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकले आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतबाट धकलेर हत्या गरेका छन्। छतबाट खसेपछि बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार घटना गएराति पौने १२ बजेतिर हो।‘सामान्य घरायसी विवादपछि छोराले बुवालाई कुटपिट गरी घरको छतबाट खसालेर हत्या गरेको भन्ने खुल्न आएको छ,’ डिएसपी खड्काले भने, ‘छोरालाई ...

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु
 विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा शनिबार विहान सुनसरी र इलामका एकरएक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज प्रबन्धक नारायण दाहालका अनुसार गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष र इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो । सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको हो । मृतक युवक ३ कात्तिकमा नोबेलमा भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । ती पुरुषमा निमोनियाको समस्या पनि ...

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुने च्यानलको प्रसारण बन्द

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुने च्यानलको प्रसारण बन्द
काठमाडौं । शुक्रबार मध्यरातिबाट क्लिन फिड लागू भएसँगै अधिकांश विदेशी च्यानलको प्रसारण बन्द भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी च्यानल क्लिन फिड विज्ञापनमुक्त भएका छन् । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने व्यवस्था छ । नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेल...

थप ४४९९ जनामा कोरोना संक्रमण

थप ४४९९ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम ...