Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

दाङ ।

दाङमा छोराले आफ्नै बुवाको हत्या गरेका छन । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकले आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतबाट धकलेर हत्या गरेका छन्। छतबाट खसेपछि बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार घटना गएराति पौने १२ बजेतिर हो।‘सामान्य घरायसी विवादपछि छोराले बुवालाई कुटपिट गरी घरको छतबाट खसालेर हत्या गरेको भन्ने खुल्न आएको छ,’ डिएसपी खड्काले भने, ‘छोरालाई बिहानै पक्राउ गरिसकेका छौं।’

घटनाबारे प्रहरीलाई शनिबार बिहान २ बजेमात्रै खबर आएको र प्रहरी घटनास्थल पुगेको डिएसी खड्काले बताए।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी खड्काले बताए।

तपाईको प्रतिक्रिया