शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन
लण्डन,भदौं ९-
शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिनुभयो ।
गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उहाँलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो । एक साताअघि कोरोना परीक्षण गर्दा सङ...


