×

समाचार

विराटनगरमा कोरोना सङ्क्रमणबाट तीन पुरुषको मृत्यु

विराटनगरमा कोरोना सङ्क्रमणबाट तीन पुरुषको मृत्यु
विराटनगर । कोरोना सङ्क्रमणबाट विगत १८ घण्टाको अवधिमा विराटनगरका दुई अस्पतालमा तीन पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित न्यूरो कोभिड–१९ अस्पतालमा विराटनगर– ११ का ४९ वर्षका पुरुष र सुनसरीको धरान–१५ का ६३ वर्षका पुरुषको आज मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिनुभयो । धरानका मृृतक पुरुषलाई यही असोज २७ गते कोरोना पोजेटिभ देखिएकामा उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । मृतक जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध...

२४ घण्टामा २९ सय ३३ सङ्क्रमित थपिए, २४ जनाको ज्यान गयो

२४ घण्टामा २९ सय ३३ सङ्क्रमित थपिए, २४ जनाको ज्यान गयो
काठमाण्डौ – पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या १ लाख ७६ हजार पाँच सय पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन हजार एक सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म १ लाख ३७ हजार ९ सय ९२ जना निको भएका छन् । अब सक्रिय सङ्क्रमितको संख्या ३७ हजार पाँच सय २४ रहेको छ । यस्तै ...

थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि

थप २ हजार ५०८ जनामा कोरोना  संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरुमध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् भने ९३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ३८ हजार ५८४ संक्रिय संक्रमित छन्, जसमध्ये ३१ हजार ००८ होम आइसोलेसनमा छन् । संस्थागत ...

कोरोना उपचार जनतालाई सशुल्क, सांसद–मन्त्रीलाई निःशुल्क

कोरोना उपचार  जनतालाई सशुल्क, सांसद–मन्त्रीलाई निःशुल्क
काठमाडौं । सरकारले २ कात्तिकदेखि लक्षित समूहमा नपरेका जनताको कोरोना भाइरस कोभिड १९ परीक्षण  तथा उपचार निःशुल्क गर्न छाडेको छ । लक्षित समूहमा नपरेका सर्वसाधारणले खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे उपचार खर्च व्यहोर्ने सरकारले भनेको छ । तर निजी अस्पतालहरुले लाखौं रुपैयाँ धरौटी जम्मा गर्न नसक्ने कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् भने सरकारी अस्पतालहरुले पनि उपचारका लागि धरौटी जम्मा गर्न धमाधम उर्दी जारी गरेका छन् । तर, नेपाल सरकारका मन्त्री तथा संघीय सांसदहरुले भने कोर...

देशका विभिन्न जिल्लामा थप १६ जना कोरोना संक्रमितको मृत्यु

देशका विभिन्न जिल्लामा थप १६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । काठमाडौंका ७, भक्तपुर २ तथा चितवन, दोलखा, सिराहा, नवलपुर, कास्की, पर्वत र कैलालीका १र१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनाएका छन् । असन, काठमाडौंकी ४९ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । उच्च रक्तचाप, थाइराइड र मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई २४ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने मुटुमा समस्या भएपछि २७ गते अस्पताल भर्ना भएकी थिइन् । घट्टेकुलो, काठमाडौंका ८६...

चौरसिया हत्या आरोपमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी

चौरसिया हत्या आरोपमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी
काठमाडौं । मुकेश चौरसियाको हत्या आरोपमा उनको परिवारले नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेता एवं पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएको छ । पहिले जाहेरी लिन नमानेको प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा बिहीबार जाहेरी दर्ता गरेको हो ।पीडित परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएको पर्साका डीएसपी मनोजित कुँवरले जानकारी दिए । किटानी जाहेरी परेकामध्ये ३ जना हिरासतमा छन् भने अरुलाई प्रहरीले पक्राउ गरेको छैन । ...

बाँकेमा उपचाररत २३ कोरोना सङ्क्रमितको अवस्था गम्भीर

बाँकेमा उपचाररत २३ कोरोना सङ्क्रमितको अवस्था गम्भीर
राँझा । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भईरहेको छ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गर...

गृहले माग्यो १०० जना दर्ता अपरेटर, पारिश्रमिक दिनको १२ सय

गृहले माग्यो १०० जना दर्ता अपरेटर, पारिश्रमिक दिनको १२ सय
काठमाडौं । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ। राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो। इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ। आवेदन दिन पैसा लाग्दैन। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ। दरखास्त दिनेको योग्यता प्लस टु प...

कोरोनाका कारण पोखरामा ३६ वर्षिय महिलाको मृत्यु 

कोरोनाका कारण पोखरामा ३६ वर्षिय महिलाको मृत्यु 
गैँडाकोट । कोरोना भाईरस (कोभिड-१९) संक्रमित पोखराकी एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ निवासी ३६वर्षिय महिलाको गएराति मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक सहप्राध्यापक डाक्टर अर्जुन आर्चायद्धारा जारी विज्ञेप्तीमा उनि कार्तिक ५ गते कोभिड १९ संक्रमण भई आईसियूमा उपचाररत रहनुभएको थियो । अस्पतालका अनुसार उहाँमा निमोनियाको समस्या देखिएको थियो ।