गैँडाकोट । तनहुुँको देवघाट गाँउपालिकाले आफ्नै भवन बनाउने भएको छ । देवघाट गाँउपालिकाका कार्यालयले आफ्नै भवन बनाउनको लागी निर्माणको काम अगाडी बढाईरहेको छ । देवघाट गाँउापलिका वडा नं. ५ क्यूदीमा तीनतल्ले पक्की भवन निर्माण भै रहेको गाउँपालिकाका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो । देवघाट गाँउपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारको बजेट गाउँपालिकाले आफ्नै भवन निर्माणको प्रकृया अगाडी बढाएको हो ।
५ हजार २ सय वर्गफुटमा बन्ने भवनको निर्माणको जिम्मा पाएको रविना अभिसा जे.भी. काठमाडौंले डिपीसी सम्मको काम गरिसकेको छ । झण्डै ५ करोडको लागतमा निर्माण सम्पन्न गर्नको लागी ठेकेदार सँग गाउँपालिका कार्यालयले सम्झौता गरेको छ । गाउँपालिकाका सूचना अधिकारी पौडेलले अगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्नका लागी काम अगाडी बढेको बताउनु भयो । उहाँका अनुसार आफ्नै भवन निर्माण भएपछि गाँउवासीले सहज ढगंबाटै सेवासुविधा प्राप्त गर्न सक्नेछन ।