कोटिहोम महायज्ञमा भक्तजनको संख्या बढ्दै, ५० जनाले गरे ब्रतबन्ध
चितवन । माघ १२ गतेदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा भक्तजनको संख्या बढ्दै गएको छ । महायज्ञको २२औँ दिनसम्म आइपुग्दा महायज्ञमा धार्मिक कार्यक्रम गर्ने क्रम बढेको छ ।
महायज्ञमा बिहीबारसम्म ५० जनाको ब्रतबन्ध भएको छ भने २० जनाले ग्रहशान्ति गरेको आर्थिक समिति संयोजक बालकृष्ण कँडेलले जानकारी दिए । त्यस्तै, १५ जनाको तुलादान र १० जनाको चौरासी पूजा भएको उनले बताए ।
महायज्ञमा बिहीबार सुप्रसिद्ध कथा वाचक स्वामी डा चक्रपाणी आचार्यजी म...


