×

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बिपन्न तथा निम्न आयस्तर भएका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।गाउँपालिकाले उच्च शिक्षामा सहज पहुँच पु¥याउनका लागि मेडिकल, इन्जिनियरिङ, कृषि र भेटनरी विद्यामा स्‍नातक अध्ययन गरिरहेका तथा अध्ययन गर्न चाहने विद्यार्थीलाई बार्षिक एक लाख रुपैयाँसम्म अनुदान दिने भएको हो । त्यसका लागि गाउँपालिकाले ४ लाख रुपैयाँ रकम विन्योजन गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद पराजुलीका अनुसार आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार छात्रवृत्ति प्रदान गर्न लागिएको हो । साे रकम ४ जना बिद्यार्थीलाई प्रदान गरिने छ ।गाउँपालिकाले एक सूचना जारी गर्दै  माघ १८ गतेभित्र आवेदन फारम बुझाउन आव्हान गरिएको छ ।

सूचना अनुसार नेपालको सम्बन्धन प्राप्त विश्वविद्यालय वा कलेजमा भर्ना भएको प्रमाण, महाशिला गाउँपालिकाको स्थायी ठेगाना, नागरिकताको प्रतिलिपि, विपन्न वर्ग भएको प्रमाणपत्र लगायतका कागजात सहित आवेदन दिन भनेको छ ।

तपाईको प्रतिक्रिया