×

समाचार

प्रेमीले विवाहका लागि लाखौं दाइजो मागेपछि डाक्टरले गरिन् आत्महत्या

प्रेमीले विवाहका लागि लाखौं दाइजो मागेपछि डाक्टरले गरिन् आत्महत्या
नयाँदिल्ली । भारतकी एक २६ वर्षीया डाक्टरले आत्महत्या गरेकी छिन्। उनका प्रेमीले विवाहका लागि लाखौं दाइजो मागेपछि उनले आत्महत्या गरेको बताइएको छ। मृतक दक्षिण भारतको तिरुवनंतपुरमकी रहेकी छिन्। उनको मृत्युपछि प्रदेश स्वास्थ्य मन्त्री वीना जर्जले महिला तथा बाल विभागलाई छानविनका लागि निर्देशन दिएकी छिन्। शहाना नामकी उनी तिरुवनंतपुरम मेडिकल कलेजको सर्जरी विभाग अन्तर्गत पीजी गरिरहेकी थिइन्। उनी सोही कलेजमा रहेका एक चिकित्सकसँग प्रेम गर्थिन् । तरुण नामका ती चिकित्सकले विवाहका लागि ...

मुगुमा एकै परिवारको सामूहिक हत्याको १३ दिनपछि पक्राउ परे आरोपी

मुगुमा एकै परिवारको सामूहिक हत्याको १३ दिनपछि पक्राउ परे आरोपी
काठमाडौं । मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।स्रोतका अनुसार मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ परेका हुन्। यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान छ र यसबारे अनुसन्धान गरिरहेको जनाएको छ। स्रोतका अनुसार गोरखबहादुर मृतकका नातेदार पर्छन्।का...

 आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

 आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पुनः नेपाल नजिन सर्ने क्रममा रहेकाले आजदेखि देशका केही प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान् छ।न्यूनचापीय रेखा अहिले पश्चिमतर्फ सरदरस्थान आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुनको अवधिभर न्यूनचापीय रेखा स्थिर रहँदैन। अहिले सरदरस्थानबाट दक्षिणतर्फ सर्ने क्रममा रहेकाले पुनः भारी वर्षाको सम्भावना देखिएको उनले बताए। अधिकारीका अनुसार आज रातिदेखि भोली र पर्सिसम्म वर्षा तुलनात्मक रूपमा वृद्धि ...

चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्किए

चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्किए
चितवन । चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । बुधबार टिकौली जंगलमा शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न

अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न
काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुहुेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, ‘भारी वर्षाले काठमाडौँका विभिन्न क्ष...

दमकका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कत

दमकका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कत
विराटनगर । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरप्रसाद निरौला चारित्रिक विवादमा मुछिएका छन् । उनले आफ्नो सरकारी क्वार्टरमा एक महिलासँग अनैतिक कार्य गरेको भिडिओ सार्वजनिक भएको छ । रक्सीले टिल भएकी महिला निरौलाको क्वाटरभित्रैबाट टिकटक लाइभमा बसेकी थिइन् । उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफ समेत दिएकी छन् । त्यस क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ । उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । प्रमुख...

साँगा बस दुर्घटना : ७ जना घाइतेलाई अस्पताल पठाइयो

साँगा बस दुर्घटना : ७ जना घाइतेलाई अस्पताल पठाइयो
काभ्रे । धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९३९६ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको छ। भक्तपुरको साँगामा रहेको महादेव मन्दिर जाने साँगा पुल नजिकै बस भीरबाट खसेको हो। ७ जना घाइतेको उद्धार गरेर अस्पताल पठाएको प्रहरीले जनाएको छ । ४ जना घाइतेको इबमुरा अस्पताल र ३ जनाको मध्यपुर अस्पताल पठाइएको हो। भक्तपुर पठाएका घाइतेहरूको हात खुट्टामा चोट लागेको भक्तपुर प्रहरिले जनाएको छ । बसमा ३०र३५ जना सवार रहेको स्थानीयहरूले बताएका छन्।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ
काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । शुक्रबार (आज) प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ७५० रुपैयामा बिक्री भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ९५० सय रुपैयाँमा कारोबार भएको ...

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, यातायात अवरुद्ध

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, यातायात अवरुद्ध
मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि मङ्गलबार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग बुधबार १२ बजेदेखि फेरि बन्द भएको हो । धुनिबेशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आव...