२६ वर्षपछि गैँडाकोट स्थित नारायणी किनारको ९३ रोपनी जग्गा सार्वजनिक ठहर
काठमाडौँ । सर्वोच्च अदालतले गैँडाकोट स्थित नारायणी किनारको ९३ रोपनी ३ आना २ पैसा जग्गा सार्वजनिक हुने ठहर गरेको छ।२०७९ चैत १३ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले विशेषको फैसला बदर हुने निर्णय सुनाएको थियो । जुन फैसलाको पूर्णपाठ सोमबारमात्र सार्वजनिक भएको हो ।
सर्वोच्चले उक्त जग्गा व्यक्तिको हुन नसक्ने भन्दै त्यसको संरक्षण र हेरचाह समेत गर्न मालपोत कार्यालय, स्थानीय सरकार लगायतका सरोकारवाला निकायको नाममा निर्देशनात्मक आदेश पनि जारी गरेको छ।नव...


