×

 

काठमाडौँ । दोहोरी कलाकार शर्मिला श्रेष्ठले इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध दिएको मुद्दा फिर्ता लिएकी छन् ।कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले गत १४ फागुनमा कँडेल विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी थिइन् ।

 

शर्मिलाले कँडेलसँग कुनै सहमति नगरी हिजो एकतर्फीरुपमा मुद्दा फिर्ता लिएकी हुन् । निकट स्रोतका अनुसार सामाजिक सञ्जालमा भएको चर्को ट्रोलले उनी निकै हतोत्साहित बनेकी थिइन् । ट्रोल सहन नसकेर नै उनले मुद्दा फिर्ताको एकल निर्णय लिएको स्रोतको दाबी छ ।

कँडेलले आफूलाई गलत नियतका म्यासेजहरू गरेको तथा कोठामा जान खोजेको आरोप शर्मिलाले लगाएकी थिइन् ।

तपाईको प्रतिक्रिया