×

समाचार

बर्दियामा एक महिलाको हत्या, एकजना पक्राउ

बर्दियामा एक महिलाको हत्या, एकजना पक्राउ
काठमाडौं- बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा सोही ठाउँकी ३९ वर्षीया मीना थारु छन् ।जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक  तुल्सीराम अर्यालका अनुसार गएराति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारुले मीनाको हत्या गरेका हुन् । उनले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए ।उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषण...

लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ
  काठमाडौं - लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । ३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका- ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद ...

धुवाँमा निस्सासिएर दिदी-बहिनीको मृत्यु

धुवाँमा निस्सासिएर दिदी-बहिनीको मृत्यु
सुर्खेत- जुम्लामा धुवाँमा निस्सासिएर दिदी–बहिनीको मृत्यु भएको छ।सुत्केरीलाई न्यानो पार्न बालिएको कोइलाको धुवाँले निस्सासिएर पातारासी गाउँपालिका–६ बाँता गाउँकी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया महताराको मृत्यु भएको हो। मायालक्ष्मी ११ दिनकी सुत्केरी थिइन्। सुत्केरी स्याहारका लागि जुनमाया दिदीकोमा गएकी थिइन्।मायालक्ष्मी सदरमुकाम रहेको चन्दननाथ नगरपालिका–५ कालेखोलीमा बस्दै आएकी थिइन्। आइतबार राति धुवाँमा निस्सासिएर बेहोस भएका उनीहरूलाई सोमबार कर्णाल...

धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु
जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो ।मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार बिहीबार दिउँसो सवा १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एकजनाको र दुईजनाको अस्पता...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आजअपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ । कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।यस वर्षको नतिजामा व...

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द
  पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ ।१३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से ५ किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि ७ किलोमिटर बाँकी रहने छ । सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयम...

नेपालको उत्कृष्ट बलिङ, १०६ रनमै समेटियो बंगलादेश

नेपालको उत्कृष्ट बलिङ, १०६ रनमै समेटियो बंगलादेश
काठमाडौं । टी-२० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ ।नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई रनमा रोकेका हुन् । नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडे ।सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी थोरै खेलमा विकेटको शतक पूरा गर्ने विश्वको दोस्रो र पहिलो नेपाली खेलाडी बने ।

सन्दीप टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

सन्दीप टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी
अमेरिका – नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे । नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन् ।

यो वर्षको मनसुन प्रणाली आज नेपाल प्रवेश,नेपालभर फैलन पाँच दिन लाग्ने

यो वर्षको मनसुन प्रणाली आज नेपाल प्रवेश,नेपालभर फैलन पाँच दिन लाग्ने
काठमाडौं- यो वर्षको मनसुन प्रणाली सोमबार  नेपाल प्रवेश गरेको छ । भारतबाट कोसी प्रदेश हुँदै मनसुन नेपाल भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाल भित्रिएको मनसुन अब पश्चिमी भूभागतर्फ सर्दै नेपालभर फैलनेछ । “नेपालभर मनसुन फैलिने औसत समय पाँच दिन हो । तर, वायुको वेगमा पनि यो भर पर्छ,” मौसमविद् सञ्जीव अधिकारीले भने, “हावाको गतिअनुसार कति दिन लाग्ने भन्ने भर पर्ने हुन्छ । पाँच दिनभन्दा अगाडि नै अथवा एक हप्ताभन्दा धेरै पनि लाग्न सक्छ ।” यो वर्ष पश्चिमबाट पूर्वतर्फ प...