×

समाचार

सिस्नेरी खोलामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु

सिस्नेरी खोलामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु
  हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ ।काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा आज अपराह्न करिब साढे ४ बजे डुबेर मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भीमफेदी प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् । इन्द्रसरोबर–३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १४ वर्षीय सुशान्त आचार्य, काभ्रे...

मौलाकालिका अस्पताल : १० दिन निशुल्क ओपीडी, सेवामा २५ प्रतिशत छुट

मौलाकालिका अस्पताल : १० दिन निशुल्क ओपीडी, सेवामा २५ प्रतिशत छुट
  चितवन- चितवनको भरतपुरमा रहेको मौलाकालिका अस्पतालले होलि पर्वको अवसरमा विशेष छुटको घोषणा गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. ११ वाइपासरोडबाट अत्याधुनिक प्रविधिबाट गुणस्तरीय सेवा उपलव्ध गराउदै आएको मौलाकालिका अस्पतालले चैत्र १ गतेदेखि १० गतेसम्म निशुल्क ओपीडी सेवा र अस्पतालको सेवामा २५ प्रतिशत छुटको व्यवस्था मिलाएको अस्पतालका अध्यक्ष डा. मणिकलाल प्रधानले जानकारी दिनुभयो । अस्पतालले जलन (बर्नवार्ड) , प्लास्टिक सर्जरी, अंको सर्जरी (स्तन क्यान्सर) , युरोलोजी, कार्डिय...

नयाँ विद्युतीय कार एक्सपेङ जी सिक्स भि चितवनको बजारमा

नयाँ विद्युतीय कार एक्सपेङ जी सिक्स भि चितवनको बजारमा
  चितवन – चितवनमा नयाँ विद्युतीय कार एक्सपेङ जी सिक्स भित्रिएको छ । चौधरी ग्रुपको सिजी कर्प अन्तर्गतको सिजी मोटर्स र सिजी मोटर्सको आधिकारिक विक्रेता युरो मोटर्सले चितवनमा उक्त विद्युतीय कार सार्वजनिक गरेको हो । एक भव्य कार्यक्रमको आयोजनाका बीच सार्वजनिक गरिएको एक्सपेङ जी सिक्सको बुकिङ पनि सुरु भएको छ । अत्याधुनिक प्रविधि समेटिएको एक्सपेङ जी सिक्स विद्युतीय कारलाई फूल चार्जपछि चार सय ३५ किलोमिटरसम्म चलाउन सकिन्छ । सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त ...

पराजुली समाज नेपाल गण्डकी प्रदेशको अध्यक्षमा श्यामसुन्दर पराजुली निर्वाचित

पराजुली समाज नेपाल गण्डकी प्रदेशको अध्यक्षमा श्यामसुन्दर पराजुली निर्वाचित
गैँडाकोट - पराजुली समाज नेपाल गण्डकी प्रदेशको अध्यक्षमा श्यामसुन्दर पराजुली निर्वाचित हुनुभएको छ । नवलपुरको गैँडाकोटमा सम्पन्न समाजको प्रथम अधिवेशनले पराजुलीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गंगाधर पराजुली, महिला उपाध्यक्षमा राधा पराजुली, महासचिवमा कृष्णप्रसाद पराजुली, सचिवमा कविराज पराजुली, कोषाध्यक्षमा घनश्याम पराजुली र सहसचिवमा अमृत पराजुली चयन हुनुभएको पराजुली समाज नेपाल नवलपुरका अध्यक्ष दिपक पराजुलीले बताउनुभयो । ...

‘पत्नी तीन वर्ष अलग्गै बसेको आधारमा मात्रै सम्बन्ध विच्छेद हुँदैन’

‘पत्नी तीन वर्ष अलग्गै बसेको आधारमा मात्रै सम्बन्ध विच्छेद हुँदैन’
  काठमाडौं - पति–पत्नीबीचको सम्बन्धविच्छेदका आधारहरू के–के हुन् ? जो कोहीले निकै चासो राख्ने सम्बन्धविच्छेदको मुद्दामा सर्वोच्च अदालतले फैसला गरेकोे छ, ‘तीन वर्षभन्दा बढी अवधि लोग्नेसँग अलग बसेको अवस्था मात्र सम्बन्धविच्छेद हुने आधार हुँदैन। सम्बन्धविच्छेद हुनका लागि स्वास्नीले लोग्नेको मञ्जुरीबिना घर छोडेको हुनु अनिवार्य हुन्छ।’ सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सम्बन्धविच्छेदसम्बन्धी कानुनी व्यवस्थाको व्याख्या ग...

भरिया दाई

भरिया दाई
-टुक प्रसाद काफ्ले भरिया निरन्तर गन्तव्यलाई पछ्याई रहन्छ भारी बिसाउने निस्चित ठाउँ हुन्छ जतिनै कष्ट होस घुँडो मुन्टो धसिरहन्छ आफ्नो श्वास र पाइलाको गति निरन्तर मिलाई रहन्छ को आयो? को गयो? उसलाई के थाहा बरु लौरोनै सहयात्री बनाईदिन्छ।। तिमी मेरो चौतारी हौ सबै मनका बह बिसाउने तिम्रो छहारीले सितलता छाउँछ पिपलपाते ओठबाट बहने मन्द मन्द बायुले मनै आनन्दित तुल्याउँछ तिम्रो कोमलताले मन नौनी बनिदिन्छ तिम्रो सामिप्यताले झनै प्रफुल्लित बनाउँछ तिम्रो समर्थनले न...

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर उनीप्रति श्रद्धाञ्जली दिनेछन् । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालम...

तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
काठमाडौं- हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ।उपत्यकाका विभिन्न स्थानबाट तलेजु भवानीको दर्शन गर्न आएका भक्तजनहरूको बिहानैदेखि भीड रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा लगिन्छ।तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ। मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४...

७१ उपसचिव, २८० शाखा अधिकृतसहित ३६० कर्मचारीको सरुवा (सूचीसहित)

७१ उपसचिव, २८० शाखा अधिकृतसहित ३६० कर्मचारीको सरुवा (सूचीसहित)
  काठमाडौँ । उपसचिव, शाखा अधिकृतसहित ३६० जना कर्मचारीको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो । प्राप्त विवरण अनुसार ७१ जना उपसचिव(प्रमुख प्रशासकीय अधिकृतसहित), २८० जना अधिकृत(प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर)  र बाँकी राजपत्र अनंकित कर्मचारीहरूको सरुवा गरिएको छ ।