×

समाचार

प्रधानमन्त्री कार्यालयसहित १८ निकायमा पुग्यो कुलिङ पिरियड छानबिन प्रतिवेदन

प्रधानमन्त्री कार्यालयसहित १८ निकायमा पुग्यो कुलिङ पिरियड छानबिन प्रतिवेदन
काठमाडौं'- प्रतिनिधिसभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायहरूमा पठाएका छन् । सभामुख देवराज घिमिरेले निर्देशनअनुसार प्रतिवेदन कार्यान्वयनका पठाएका हुन् । संसद् सचिवालयका अनुुसार सबै दलका संसदीय कार्यालयहरूमा पठाइएको छ । प्रतिनिधिसभामा १४ वटा राजनीतिक दलका संसदीय दलको कार्यालय रहेका छन् । कुलिङ अफ पिरियडको गडबडीसँग सम्बन्धित यो प्रधानमन्त्री...

दार्चुला–गोकुलेश्वर सडक : पहिरोले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

दार्चुला–गोकुलेश्वर सडक : पहिरोले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध
खलङ्गा २ भदौ पहिराेले दार्चुला–गोकुलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आजविहानदेखि शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ । निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ । गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन स...

पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना

पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना
काठमाडौं- गायक पशुपति शर्मा कार दुर्घटनामा परेका छन्। बुधबार दिउँसो उनी सवार कार सिद्दार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको हो।पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार कारमा पशुपति शर्मासहित चार जना सवार थिए। दुर्घटनामा कारमा सामान्य क्षति भएको छ।गायक शर्मा सांगीतिक कार्यक्रमको शिलशिलामा स्याङ्जा पुगेका हुन्। दुर्घटनामा गायक शर्माको दे...

भारतको उत्तराखण्डमा भीषण बाढी, ४ को मृत्यु, ५० बेपत्ता

भारतको उत्तराखण्डमा भीषण बाढी, ४ को मृत्यु, ५० बेपत्ता
काठमाडौं । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् ।उनले यस सम्बन्धमा वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा रहेको र परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका ...

घट्यो पेट्रोल र डिजेलको मूल्य

घट्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेलमा १ रुपैयाँ ३० पैसा मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ । निगमका अनुसार मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँ ३० पैसा मूल्य घटेको छ । सार्वजनिक नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।

‘मुझे नेपालके एसपी ने गाली दिया’ भन्दै फरार जसपा नेता अशोक यादवले गुहारे बिहार सरकार

‘मुझे नेपालके एसपी ने गाली दिया’ भन्दै फरार जसपा नेता अशोक यादवले गुहारे बिहार सरकार
काठमाडौं । प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र साम्प्रदायिक रंग दिने प्रयास गरेका छन् । एक भिडिओ वक्तव्य जारी गर्दै उनले मधेस नेपालबाट अलग भएरै छोड्ने आपत्तिजनक अभिव्यक्तिसमेत दिए । अज्ञात स्थलबाट हिन्दी भाषामा जारी गरेको भिडिओ वक्तव्यमा यादवले भारतको बिहार राज्य सरकारलाई गुहारेका छन् । नेपालमा आफूमाथि शोषण दमन भएको भन्दै उनले विदेशी राज्यसँग सहयोगको याचना गरेका हुन् । उनले भनेका छन्, ‘मधेशमा नागरिकतादेखि तमाम अपराध गरेर मधेसीलाई विदेश...

कोटिहोममा स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा

कोटिहोममा स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहयोग गर्ने भक्तजन दिनहुँ बढ्दै गएका छन् । कोटिहोममा आउने जनप्रतिनिधिले यस्ता खालका कोटिहोम नेपालका विभिन्न ठाउँमा गएर सञ्चालन गर्न समेत सुझाव दिएका छन् । यस क्रममा ...

आज वैशाख शुक्ल एकादशी -मोहिनी एकादशीको व्रत गरिँदै

आज वैशाख शुक्ल एकादशी -मोहिनी एकादशीको व्रत गरिँदै
काठमाडौं । दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ । मोहिनी एकादशीका नामले चिनिने यसदिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताएको छ । ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङग निर्णायक समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिए । वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयम...

शिक्षकका मागप्रति सरकार गम्भीर, छिट्टै निर्णय गर्ने तयारी

शिक्षकका मागप्रति सरकार गम्भीर, छिट्टै निर्णय गर्ने तयारी
काठमाडौं । आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधन गर्नेगरी सरकारले ठोस पहल अघि बढाउने बताएको छ । शिक्षकहरू शिक्षा विधेयकमा आफूहरूले अघि सारेका मागहरू सम्बोधन गर्नेगरी चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् । यसबारे बिहीबार साँझ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायतले छलफल गरेका थिए । उक्त छलफलबारे जानकारी गराउँदै उनले भनेका छन्, ‘शिक्षा विधेयक अघि बढाउन सरकारले भूमिका निर्...