
गैँडाकोट – पराजुली समाज नेपाल गण्डकी प्रदेशको अध्यक्षमा श्यामसुन्दर पराजुली निर्वाचित हुनुभएको छ । नवलपुरको गैँडाकोटमा सम्पन्न समाजको प्रथम अधिवेशनले पराजुलीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गंगाधर पराजुली, महिला उपाध्यक्षमा राधा पराजुली, महासचिवमा कृष्णप्रसाद पराजुली, सचिवमा कविराज पराजुली, कोषाध्यक्षमा घनश्याम पराजुली र सहसचिवमा अमृत पराजुली चयन हुनुभएको पराजुली समाज नेपाल नवलपुरका अध्यक्ष दिपक पराजुलीले बताउनुभयो ।
त्यसैगरी सदस्यहरुमा दीपक प्रसाद पराजुली, महेश पराजुली, विदुर पराजुली , बालकृष्ण पराजुली, तीर्थराज पराजुली ,संगीता पराजुली र कमला पराजुली रहनुभएको छ । २१ सदस्यीय कार्यसमिति मध्ये अहिले १५ सदस्यीय गठन भएको र बाँकी सदस्यहरु भूगोल र महिलालाई प्राथमिकतामा राखि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष श्यामसुन्दर पराजुलीले बताउनुभयो ।
पराजुली समाज नेपाल गण्डकी प्रदेश तर्दथ समितिका संयोजक कृष्णप्रसाद पराजुलीको अध्यक्षता तथा पराजुली समाज नेपालका केन्द्रीय उपाध्यक्ष दिवस पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा पराजुली समाज नेपाल नवलपुरका अध्यक्ष दिपक पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।