काठमाडौँ । उपसचिव, शाखा अधिकृतसहित ३६० जना कर्मचारीको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो ।
प्राप्त विवरण अनुसार ७१ जना उपसचिव(प्रमुख प्रशासकीय अधिकृतसहित), २८० जना अधिकृत(प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर) र बाँकी राजपत्र अनंकित कर्मचारीहरूको सरुवा गरिएको छ ।