×

काभ्रे । धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९३९६ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको छ। भक्तपुरको साँगामा रहेको महादेव मन्दिर जाने साँगा पुल नजिकै बस भीरबाट खसेको हो।

७ जना घाइतेको उद्धार गरेर अस्पताल पठाएको प्रहरीले जनाएको छ । ४ जना घाइतेको इबमुरा अस्पताल र ३ जनाको मध्यपुर अस्पताल पठाइएको हो।

भक्तपुर पठाएका घाइतेहरूको हात खुट्टामा चोट लागेको भक्तपुर प्रहरिले जनाएको छ । बसमा ३०र३५ जना सवार रहेको स्थानीयहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया