×

चितवन । माघ १२ गतेदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा भक्तजनको संख्या बढ्दै गएको छ । महायज्ञको २२औँ दिनसम्म आइपुग्दा महायज्ञमा धार्मिक कार्यक्रम गर्ने क्रम बढेको छ ।

महायज्ञमा बिहीबारसम्म ५० जनाको ब्रतबन्ध भएको छ भने २० जनाले ग्रहशान्ति गरेको आर्थिक समिति संयोजक बालकृष्ण कँडेलले जानकारी दिए । त्यस्तै, १५ जनाको तुलादान र १० जनाको चौरासी पूजा भएको उनले बताए ।

महायज्ञमा बिहीबार सुप्रसिद्ध कथा वाचक स्वामी डा चक्रपाणी आचार्यजी महाराजको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, सुप्रसिद्ध कथा वाचक पण्डित बुद्धिसागर भण्डारी र विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेमप्रसाद गैरेले महायज्ञको अवलोकन तथा दर्शन गरे । विश्व हिन्दु महासंघ चितवनका सचिव फुलनाथ निउरेले मञ्च सञ्चालन गरेका थिए ।

श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको महायज्ञ यहि फागुन १२ गते सकिँदै छ । महायज्ञमा हालसम्म भएका गतिविधि र आर्थिक संकलनको विषयमा जानकारी दिन आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ

तपाईको प्रतिक्रिया