×

नवलपुर । चाैथाे देवचुली महोत्सवको तयारी  अन्तिम चरणमा पुगेकाे आयोजक देवचुली उद्योग वाणिज्य संघले जनाएकाे छ । यहि  माघ ५ देखि १५ गतेसम्म १० दिनसम्म हुन लागेको देवचुली महोत्सवमा डेढलाख भन्दा बढि दर्शकले  अवलोकन गर्ने लक्ष्य राखिएको देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद दवाडीले जानकारी दिनुभयाे ।

नवलपुर जिल्लाको समग्र आर्थिक, साँस्कृतिक तथा सामाजि उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, व्यापार, स्वास्थ्य क्षेत्रको प्रवद्धर्नमा टेवा पुर्याउने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको हाे । महाेत्सवबाट करिब  १५ करोडको आर्थिक कारोवारको लक्ष्य राखिएकाे आयाेजकले जनाएकाे छ । देवचुली नगरपालिका १७ स्थित फारम बरचुली माध्यमिक विद्यालयसँगैको खुल्ला मैदानमा हुने महाेत्सवकाे ९० प्रतिशत काम सकिएकाे छ ।

महोत्सवमा बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, संग्राहलय सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, कल्चर स्टे प्रदर्शनी र कृषि ता पर्यटनको सिकाइ प्रदर्शनीमा रहनेछन् ।

तपाईको प्रतिक्रिया