×

समाचार

मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जीप दुर्घटना हुँदा बैतडीमा ४ प्रहरीको मृत्यु

मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जीप दुर्घटना हुँदा बैतडीमा ४ प्रहरीको मृत्यु
बैतडी ।  बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ । पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो । ४ जनाको शव निकालिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनका अनुसार मृतकको संख्या बढ्ने सक्ने आशंका छ । उनले भने, ‘जीप अपठ्यारो ठाउँमा खसेको हुनाले शवहरु निकाल्न गाह्रो भएछ ।पहिले घाइतेहरु निकालिरहेका छौं । घाइतेहरु प्रहरी...

बैतडीको पाटनमा प्रहरी चढेको जीप दुर्घटना

बैतडीको पाटनमा प्रहरी चढेको जीप दुर्घटना
बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । पाटन नगरपालिका थुम भन्ने स्थानमा आज बिहान जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सिरहामा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गयो

सिरहामा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गयो
सिरहा । सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको ज्यान गएको छ ।मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । हिजो बेलुका इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई द...

पत्रकार सरोजराज अधिकारी मृत फेला

पत्रकार सरोजराज अधिकारी मृत फेला
काठमाडौँ ।   पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्।सुनधाराको सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले बताए।अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएकी थिइन्। खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको एसएसपी बोहराले  बताए।प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर होटलहरुमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थमा इन्ट्रि भएको देखिएको थियो।त्यसपछि...

प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
काठमाडौं–प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए। दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए। दुर्घटनामा १२ जना घाइते ...

हुग्दिखोलामा बस दुर्घटना २० जना घाइते

हुग्दिखोलामा बस दुर्घटना २० जना घाइते
नवलपुर  ।काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुली नदिमा खसेको छ। शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए। दुर्घटना हुँदा चालकसहित २० जना घाइते छन्। उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ।बस त्रिशुली किनारमै रहेको प्रहरीले जनाएको छ।

रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु

रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु
बुटवल । रुपन्देहीमा छठ घाट जाने क्रममा कारले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो ।कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । आज सोमबार बिहान ५ बजेतिर भएको दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्...

यात्रु नभएको भन्दै गौतमबुद्ध विमानस्थलमा जजिराले रोक्यो दैनिक उडान

यात्रु नभएको भन्दै गौतमबुद्ध विमानस्थलमा जजिराले रोक्यो दैनिक उडान
भैरहवा ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि जजिरा एयरवेजले रोकेको छ।यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ। जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए।यात्रुहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन। तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्य...

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट
वाशिङ्गटन डिसी– विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पु¥याएको सहयोगबारे प्रशंसा गरेका थिए । साथै अर्थमन्...