नवलपुर  ।काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुली नदिमा खसेको छ। शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए। दुर्घटना हुँदा चालकसहित २० जना घाइते छन्। उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ।बस त्रिशुली किनारमै रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया