×

समाचार

अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु

अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु
स्याङ्जा – अरिङ्गालको टोकाइबाट स्याङ्जामा एक बालिकाको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष सूर्यप्रसाद गैह्रेकी छोरीको ज्यान गएको हो । गैह्रेकी १३ वर्षीया छोरी अतिथिको सोमबार साँझ उपचारका क्रममा पोखरामा ज्यान गएको हो । पुतलीबजार नगरपालिका १४ को तलामागेमा अरिङ्गालले टोक्दा ती बालिका गम्भीर घाइते भएकी थिइन् । सोमबार लामागेमा माथिल्लो घरबाट तल्लो घरमा भाइटीका लगाउन जाँदा उनलाई नजिकैको रुखमा रहेको अरिङ्गालको टोकाइबाट घाइते भएकी थिइन्...

आजदेखि खुलामञ्चसहित सार्वजनिक ठाउँमा खाना खुवाउन बन्द

आजदेखि खुलामञ्चसहित सार्वजनिक ठाउँमा खाना खुवाउन बन्द
काठमाण्डौ – आज ९मङ्गलबार० देखि खुला ठाउँमा खाना खुवाउन बन्द हुने भएको छ । काठमाण्डौको खुलामञ्च तथा सार्वजनिक ठाउँमा निःशुल्क भोजन सेवा सञ्चालन नगरिने भएको हो । स्वास्थ्य चुनौती र कोरोना सङ्क्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको हो । काठमाण्डौ महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच बन्द संरचनाभित्र व्यवस्थित रूपमा सेवा सञ्चालन गर्ने यसअघि सहमति भएको थियो । सहमतिअनुसार अबदेखि भोजन...

मोडेर्नाको कोरोना विरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको दाबी

मोडेर्नाको कोरोना विरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको दाबी
बिबिसी अमेरिकी कम्पनी मोडेर्नाको कोरोनाविरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी हुने पाइएको छ।कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै प्रारम्भिक तथ्यांकका आधारमा आफ्नो खोप ९४।५ प्रतिशत प्रभावकारी देखिएको जानकारी दिएको बिबिसीले जनाएको छ। केही दिनअघि मात्र जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले बनाएको खोप ९० प्रतिशत प्रभावकारी भएको जानकारी सार्वजनिक भएको थियो। यी दुवै खोपका समाचारले कोरोना महामारीविरूद्ध लड्ने आत्मविश्वास बढेर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। म...

हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी, ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु

हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी, ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु
काठमाडौं । हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ।आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो । जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन ।एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग राधिकाले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी ...

भाइटीकाको उत्तम साइत मंसिर १ गते बिहान ११ः३७ बजे

भाइटीकाको उत्तम साइत मंसिर १ गते बिहान ११ः३७ बजे
काठमाडौँ । यस वर्ष भाइटीकाको उत्तम साइत मंसिर १ गते सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।समितिका अनुसार कात्तिक शुल्क पक्ष द्वितीया सोमबार बिहान ९ बजेर १२ मिनेटबाट सुरु भई २ गते मंगलबार बिहान ७ बजेर ८ मिनेटसम्म रहेको छ तर मध्याह्नकालमा भाइटीका लगाउनुपर्ने धर्मशास्त्रको नियम भएकाले १ गते नै साइत राखिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार चतुर्दशी र औंसी एकै दिन परेको छ । शुक्रबार मध्यरातदे...

 तिहारको चौथो दिन  गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

 तिहारको चौथो दिन  गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै
काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ुमाताु कै रूपमा सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिइ दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको विज्ञले बताउँद...

समृद्धि र सुखका लागि एकताबद्ध होऔँ  : प्रधानमन्त्री

समृद्धि र सुखका लागि एकताबद्ध होऔँ  : प्रधानमन्त्री
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिकको सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताउनुभयो । सन्देशमा उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिङ्गो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्व...

पुजारी हत्या आरोपमा पश्चिम नवलपरासीबाट भारतीय नागरिक पक्राउ

पुजारी हत्या आरोपमा पश्चिम नवलपरासीबाट भारतीय नागरिक पक्राउ
नवलपुर । नवलपरासीको सुस्ता गाउँपालिकामा गत कार्तिक ९ गते मृत फेला परेका पुजारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले नवलपरासीको प्रतापपुरबाट भारतीय नागरिक २१ वर्षीय धनञ्जय मौर्यलाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। यसअघि गत कात्तिक ९ गते दिउँसो ३ बजे सुस्ता गाउँपालिका वडा नं। ४ पश्चिम टाँडीमा ७२ वर्षीय पुज...

दुुई अध्यक्ष विचको जुहारी जनभावना विपरित : राज्यमन्त्री रावत

दुुई अध्यक्ष विचको जुहारी जनभावना विपरित : राज्यमन्त्री रावत
गैँडाकोट । स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड विच भएको पछिल्लो मनमुटाव जनभावना विपरित रहेको बताउनु भएको छ । पूर्वि नवलपरासीको गैँडाकोटमा उज्यालो खबरलाई अन्तर्वाता  दिएका उहाँले चिठिपत्र भित्र राखिएका कुराहरु दुवै अध्यक्षले फिर्ता लिनुपर्ने धाराणा राख्नुभयो । एकले अर्कोलाई आरोप लगाउने समय नरहेको भन्दै राज्यमन्त्री रावतले कोठे बैठक राख्ने काम उपयुक्त नभएको बताउनु भयो । कोटेश्वर र खुमलटारका बैठकहरुले सरकारलाई सहयोग पुग्नेगरी कुराक...