×

गैँडाकोट । स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड विच भएको पछिल्लो मनमुटाव जनभावना विपरित रहेको बताउनु भएको छ । पूर्वि नवलपरासीको गैँडाकोटमा उज्यालो खबरलाई अन्तर्वाता  दिएका उहाँले चिठिपत्र भित्र राखिएका कुराहरु दुवै अध्यक्षले फिर्ता लिनुपर्ने धाराणा राख्नुभयो ।

एकले अर्कोलाई आरोप लगाउने समय नरहेको भन्दै राज्यमन्त्री रावतले कोठे बैठक राख्ने काम उपयुक्त नभएको बताउनु भयो । कोटेश्वर र खुमलटारका बैठकहरुले सरकारलाई सहयोग पुग्नेगरी कुराकानी चल्नुपर्ने प्रधानमन्त्रीको धाराणा रहेको उहाँले बताउनुभयो । पार्टी विभाजनको दिशा तर्फ उन्मुख भएको हो त भन्ने प्रश्नमा मन्त्री रावतले कुनै हालतमा पार्टी विभाजन नहुने दावी गर्नुभयो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी दुवैले विभाजन हुदाको पिडा भोगेको स्मरण गराउदै राज्यमन्त्री रावतले देशकै राजनिति विग्रने र अस्थिरता पैदा गराउने भएकोले विभाजनको कुनै सम्भावना नहरेको उल्लेख गर्नुभयो । कोरोना रोकथाम र नियन्त्रणका लागी सरकारले प्रभावकारी रुपमा काम गरेको बताउदै उहाले नागरिकको जिउधनको रक्षाको लागी स्वास्थ्य मन्त्रालय अत्यन्तै चिन्तित रहेको बताउनु भयो । खोपको विकास हुने वित्तिकै नेपालमा आयात गर्नका लागी सरकार र मन्त्रालयले आवश्यक योजना बनाइरहेको राज्यमन्त्री रावतको भनाई छ ।

तपाईको प्रतिक्रिया