×

समाचार

‘कात्तिक ३० गते लक्ष्मीपूजा शास्त्र विपरीत’

‘कात्तिक ३० गते लक्ष्मीपूजा शास्त्र विपरीत’
काठमाडौं । आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर कतिपयले कात्तिक ३० गते अर्थात् आइतबार लक्ष्मीपूजा मनाउनुपर्ने बताएका छन् । तर नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशी भने कात्तिक ३० गते लक्ष्मी पूजा मनाउनुपर्छ भन्नु शास्त्रीय मान्यता विपरीत भएको बताउँछन् । उनले यसलाई धर्ममा राजनीतिकरण भएको रुपमा बुझेका छन् । ‘केही समूहले राजनीतिक उद्देश्य प्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न खोजेका...

यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै
काठमाण्डाै - यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ । लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत सरसफाइ गरिन्छ । लिपपोत गरी घर घरमा दीपावली गर्ने चलन छ । आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म लक्ष्मीको पाइला बनाएर बाटो समेत देखाइन्छ । केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी ...

२१११ जनामा कोरोना संक्रमण

२१११ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।  

७५ वर्षिय वद्धको भत्ता लुट्ने पक्राउ

७५ वर्षिय वद्धको भत्ता लुट्ने पक्राउ
दमौली। सामाजिक सुरक्षा भत्ता बुझेर फर्केका ७५ वर्षिय वृद्धको भत्ता लुट्ने एक व्यक्तिलाई प्रहरीले पक्रेको छ । गत मंगलबार मध्याह्न १२ बजे भत्ता बुझेर घर फर्केका आँबुखैरेनी गाउँपालिका वडा नं.३ आँबुगाउँ निवासी ७५ वर्षका पुननारायण श्रेष्ठले बुझेको नौ हजार चार सय रुपैयाँ लुटेर लग्ने गोरखा पालुङटार नगरपालिका वडा नं.४ निवासी ३९ वर्षका बिशालजंग शाहीलाई प्रहरीले घटना भएकै भोलिपल्ट बुधबार पक्रेको हो । तनहुँ जिल्ला अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ...

 रारातालमा आन्तरिक पर्यटकको चहलपहल

 रारातालमा आन्तरिक पर्यटकको चहलपहल
मुगु । मुगुको पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या बढ्न थालेको छ ।कोरोना सङ्क्रमण जोखिम र लकडाउनका कारण सुनसान बनेको रारा तालमा लकडाउन हटेसँगै चहलपहल सुरु भएको हो । अहिले बिदाको मौका पारेर घुम्न आउनेहरु बढेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । झण्डै ७ महिना सुनसान बनेको रारा तालमा अहिले दैनिक १ सय ५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाइमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिनुभयो ।अहिले रारा आसपासका होटेल र गाउँ पनि पर्यटकले ...

अमेरिकाले दियो नेपाललाई १०० थान भेन्टिलेटर

अमेरिकाले दियो नेपाललाई १०० थान भेन्टिलेटर
काठमान्डौ ।  अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । भेन्टिलेन्टर हस्तान्तरण समारोहमा मन्त्री ढकालले एक सस थान भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपा...

दोस्रो ठूलो चाड तिहार सुरु, आज कागको पूजा गरिँदै

दोस्रो ठूलो चाड तिहार सुरु, आज कागको पूजा गरिँदै
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ ।यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि काग तिहार भने २८ गते परेको हो । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि आजै परेको छ । तिथि घटबढका कारण यस्तो भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएक...

बैतडीमा बस दुर्घटना ९ जनाको मृत्यु , २७ जना घाइते

बैतडीमा बस दुर्घटना ९ जनाको मृत्यु , २७ जना घाइते
बैतडी । बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर सडकबाट खसेर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । दु...

मन्त्रिपरिषद बैठकका १५ निर्णयहरु (पूर्णपाठसहित)

मन्त्रिपरिषद बैठकका १५ निर्णयहरु (पूर्णपाठसहित)
काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो बैठकले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा राज्यमन्त्रीहरुको मासिक पारिश्रमिकको ५० प्रतिशत रकम जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवारको मन्त्रिपरिषद्ले मासिक पारिश्रमिकको ५० प्रतिशत रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै बैदेशिक रोजगारीमा गइ नेपाल फर्किएका...