×

समाचार

खतिवडा, रेग्मी र विश्वकर्माको नाम राजदूतका लागि अनुमोदित

खतिवडा, रेग्मी र विश्वकर्माको नाम राजदूतका लागि अनुमोदित
काठमाडौं । संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेको तीनै जना राजदूतको नाम अनुमोदन गरेको छ। सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री युवराज खतिवडा, बेलायतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्माको नाम अनुमोदन गरेको हो।समिति सभापति लक्ष्मणलाल कर्णले तीनै जनाको नाम सर्वसम्मतले अनुमोदन भएको जानकारी दिए। समितिमा खतिवडा र रेग्मीविरूद्ध उजुरी परेको थियो। तर उजुरीकर्ताहरू समितिको सम्पर्कमा...

राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली

राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली
विराटनगर । राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली निकालेका छन् । राजावर्दी संगठनहरुले बिहीबार विराटनगरमा राजसंस्था फर्काउन माग गर्दै र्‍याली निकालेका हुन । विराटनगर कञ्चनबारी चोकबाट निकालेको र्‍यालीले बजार परिक्रमा गरेको थियो । दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्व सरकार र पार्टी आन्तरिक विवादमा फसेको बेला राजावार्दी संगठनहरुले राजसंस्था फर्काउन माग गर्दै प्रदर्शन गरेका हुन । नयाँ संविधान र गणतन्त्र धोका हो भन्दै राजावदीहरुले पुनस् राजसंस्था फर्काउन...

गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु
काठमाडौं । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा। विष्णु गौतमका अनुसार गुल्मीको रेसुङ्गा नगरपालिका–१ का ६८ वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार दिउँसो २ः१० बजे मृत्यु भएको हो । २० कात्तिकमा कारोना संक्रमण पुष्टि भएका उनी ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि त्यसको भोलिपल्ट अस्पतालमा भर्ना भएका थिए । उनी मधुमेहका बिरामी समेत थिए ।  

गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत

गोठाटारमा  ७ वर्षीया बालिका बलात्कृत
काठमाडौं । गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।घटनाबारे  जानकारी पाएलगत्तै महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको टोलीले धादिङका ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको छ । बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार पीडितले जबरजस्ती करणी भएको भन्ने जानकारी दिनासाथ खटिएको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको छ । पीडितलाई मंगलबार नै थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गराइएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन । बालिकालाई फकाएर कोठामा बोलाएर करणी गरे...

भाइटीकाको लागि दुई दिन सार्वजनिक बिदा

भाइटीकाको लागि दुई दिन सार्वजनिक बिदा
काठमाडौं । यस बर्ष भाईटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ गते भाईटीकाको दोस्रो दिन पनि सार्वजनिक बिदा हुने भएको हो। नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको हो । यस बर्ष नेवार समुदायले मंसिर १ गते सोमबार नेपाल संवत् नयाँ वर्ष कै पहिलो दिन पारेर म्हपूजा र मंसिर २ गते मङ्गलबार भाइपूजा गर्दै छन्। नेवार समुदायका अभियन्ताहरुको माग अनुसार मन्त्रिपरिषदको निर्णयले उक्त दिन बिदा दिने निर्णय गरेको जनाईएको छ ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने सरकारको निर्णय

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने सरकारको निर्णय
काठमान्डौ । सरकारले  आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो । एक मन्त्रीका अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।   सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःश...

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको संचालक सदस्यमा खड्का चयन

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको संचालक सदस्यमा खड्का चयन
चितवन । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघमा  चितवनका सहकारी अभियान्ता तेजेन्द्रबहादुर खड्का चयन हुनु भएको छ । काभ्रेको बनेपामा कात्तिक २१ र २२ गते भएको साधारणसभाले संचालक समितिमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको तर्फबाट प्रतिनिधित्व गर्दै सहकारी अभियन्ता खड्का सर्वसम्मत रूपमा संचालक सदस्य पदमा निर्वाचित हुनु भएको हो । बागमती प्रदेशका १३ जिल्लाका जिल्ला संघ र प्रारम्भिक साकोसहरुको सहभागिता रहेको उक्त साधारण सभालाई पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघका निबर्तमान...

घरआँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणबाट बालकको ज्यान गयो

घरआँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणबाट बालकको ज्यान गयो
अमरगढी। डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि करीब २० वर्ष पहिले अमरगढी नगरपालिका–७ मा एक पाँच वर्षीय बालकलाई चितुवाले खाएको थियो ।रासस