Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

अमरगढी। डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो ।

स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि करीब २० वर्ष पहिले अमरगढी नगरपालिका–७ मा एक पाँच वर्षीय बालकलाई चितुवाले खाएको थियो ।रासस

तपाईको प्रतिक्रिया