Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

विराटनगर । राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली निकालेका छन् । राजावर्दी संगठनहरुले बिहीबार विराटनगरमा राजसंस्था फर्काउन माग गर्दै र्‍याली निकालेका हुन ।

विराटनगर कञ्चनबारी चोकबाट निकालेको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्व सरकार र पार्टी आन्तरिक विवादमा फसेको बेला राजावार्दी संगठनहरुले राजसंस्था फर्काउन माग गर्दै प्रदर्शन गरेका हुन ।

नयाँ संविधान र गणतन्त्र धोका हो भन्दै राजावदीहरुले पुनस् राजसंस्था फर्काउन माग गरे । आन्दोलनको नेतृत्व नेपाल बिद्धत परिषदले गरेको थियो । यसअघि बुटवलमा पनि राजावादीहरुले प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया