×

दमौली। सामाजिक सुरक्षा भत्ता बुझेर फर्केका ७५ वर्षिय वृद्धको भत्ता लुट्ने एक व्यक्तिलाई प्रहरीले पक्रेको छ ।

गत मंगलबार मध्याह्न १२ बजे भत्ता बुझेर घर फर्केका आँबुखैरेनी गाउँपालिका वडा नं.३ आँबुगाउँ निवासी ७५ वर्षका पुननारायण श्रेष्ठले बुझेको नौ हजार चार सय रुपैयाँ लुटेर लग्ने गोरखा पालुङटार नगरपालिका वडा नं.४ निवासी ३९ वर्षका बिशालजंग शाहीलाई प्रहरीले घटना भएकै भोलिपल्ट बुधबार पक्रेको हो ।

तनहुँ जिल्ला अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया