कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
काठमाण्डौ ।अहिले तराईका केही ठाउँमा बाक्लो कुहिरो लागेको छ । पहाडी भेगमा पनि कतै कतै सामान्य कुहिरो लागेको छ ।
चिसोका कारण कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार दिउँसो घाम लाग्दै गएपछि कुहिरो हट्दै जानेछ । आज दिउँसो देशका अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ । काठमाण्डौमा पनि आज दिउँसो हिजो अस्तिको जस्तो पारिलो घाम लाग्ने सम्भावना छैन ।
कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभाव देखिएको छ । ...


