×

समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । महासंघको ५४ औ वार्षिक साधारण सभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभएको छ । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समूह...

रूकुममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

रूकुममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
रुकुम। रुकुम पश्चिमको आठबिसकोटमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका–८ दाजेमा जन्ती बाकेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरूमा सोही वडा निबासी ५१ वर्षीया कालिभान नेपाली, ४८ का आइते नेपाली, ५१ का गोरे नेपाली र ६६ वर्षीय सार्की नेपाली रहेका छ्न । लालबहादुर नेपाली गम्भीर घाइते भएका छ्न । गाडी चिप्लिएर १ सय मिटर तल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएस्पी ठग...

थप १७०३ जनामा कोरोना पुष्टि

थप १७०३ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हाल १७ हजार २३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १७ लाख दश हजार ४६० जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्...

गैँडाकोटमा शुक्रबार ५ घण्टा विद्युत अवरुद्ध हुने 

गैँडाकोटमा शुक्रबार ५ घण्टा विद्युत अवरुद्ध हुने 
गैँडाकोट। गैँडाकोट नगरपालिका वडानम्वर २ देखि ९ सम्मका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार ११ केभि गैँडाकोट फिडर अन्तर्गत पर्ने वडानम्वर २,३,४,५,६,७,८ र ९ नम्वर वडामा बिहान १० बजेदेखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । नारायणघाट बुटवल सडक बिस्तारका क्रममा थुम्सी क्षेत्रमा रहेका बाँकी रुखहरु काट्ने भएकाले विद्युत अवरुद्ध हुने भएको हो । काम सम्पन्न भए तोकिएको समय अवधि अघिनै विद्युत सेवा सुचारु हु...

तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी आज मनाइँदै

तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी आज मनाइँदै
काठमाण्डौ – कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीबार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी...

महिलामाथिका हिंसा रोक्न सम्बद्ध पक्ष जुटौं – राष्ट्रपति भण्डारी

महिलामाथिका हिंसा रोक्न सम्बद्ध पक्ष जुटौं – राष्ट्रपति भण्डारी
काठमाण्डौ- राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिन सम्बद्ध पक्षलाई आह्वान गर्नुभएको छ । ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले महिलामाथि हुने घटना रोक्नका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानुनी उपचारको व्यवस्था गराउन आह्वान गर्नुभएको हो । उहाँले कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेक...

अरुणखोला पुलमा शंकास्पद वस्तुु भेटियो , बम भएको आशंकामा सडक अवरुद्ध

अरुणखोला पुलमा शंकास्पद वस्तुु भेटियो , बम भएको आशंकामा सडक अवरुद्ध
गैँडाकोट । पूर्वि नवलपरासीको अरुणखोला पुलमा शंकास्पद बस्तु फेला परेपछि सडक अवरुद्ध भएको छ । पुलको विच भागमा टिफिनको डब्बा जस्तै देखिने वस्तु फेला परेपछि वम भएको आशंकामा स्थानीय त्रसित भएका छन । पुलको विच भागमै शंकास्पद वस्तु फेला परेपछि पश्चिम तर्फ जाने र पूर्वतर्फ जान आउदै गरेका सबै सवारी साधनहरु रोकिएको प्रहरीचौकी अरुणखोलाका ईन्चार्ज रावविलास यादवले उज्यालो खबरलाई बताए । उनका अनुसार मंगलबार राति ९ः३० वजेतिर शंकास्पद वस्तु फेला देखिएको हो । यो खबर तयार पर्दासम्म घटना स्थलम...

१८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार रुखमा झुण्ड्याएर हत्या प्रयास

१८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार रुखमा झुण्ड्याएर हत्या प्रयास
जनकपुरधाम । धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए । घटना गत कात्तिक ३ गतेको भए पनि एक महिनापछि सोमबार साँझ मात्र बाहिर आएको छ । पीडितको अहिले एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् । घटनामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् भने एकजना अझै फरार छन् । ...

थप १९८० जनामा कोरोना संक्रमण

थप १९८० जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै ३ हजार ४३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ।२ लाख २ हजार ६७ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।त्यस्तै, अहिलेसम्म यसक...