काठमाण्डौमा वायु प्रदूषण अहिलेसम्मकै उच्च, घरबाहिर ननिस्कन सरकारको आग्रह
काठमाण्डौ – काठमाण्डौ उपत्यकाको वायु प्रदूषण (हावाको गुणस्तर सूचकाङ्क मानक) जनजीवनका लागि घातक तहमा पुगेको छ । काठमाण्डौ उपत्यकामा सोमबार (हिजो) देखि वायु प्रदूषण बढेको र प्रदूषणको अवस्था अहिलेसम्मकै उच्च तहमा पुगेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताउनुभयो ।
काठमाण्डौ उपत्यकामा यसअघि वायुको गुणस्तर एअर क्वालिटी इण्डेक्स (एक्वुआई) अधिकतम दुई सय नजिक पुगेकोमा सोमबार (हिजो) तीन सय नाघेको उहाँले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्वास्थ्य...


