आमाको सम्झनामा आश्रमलाई सहयोग
चितवन ।समाजसेवी श्री दवाडीले आमाको १५ औ दिनको स्मृति दिवसको अवसर पारेर विभिन्न आश्रमहरुमा सहयोग गर्नुभएको छ ।
स्वर्गीय आमा पार्वती ढवाडीको १५ औ दिनको स्मृति दिवसको अवसर पारेर दवाडीले देवघाटमा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाआश्रम, गलेश्वर आश्रम देवघाट र मानव सेवा आश्रम भरतपुरलाई सहयोग गर्नुभएको हो । सो अवसरमा दवाडीले चामल, चिनी मिस्री, फलफुल लगाएतका सामाग्रीहरु सहयोग गर्नुभएको थियो ।
२०७५ असार ११ गतेदेखि डिम्बासयको क्यान्सरसंगै लड्दै आउनु भएकी स्वर्गीय पार्वती दवाडीक...


