मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन हुँदै, शीतल निवासमा आजै साँझ शपथ ग्रहण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्ने भएका छन् । मन्त्रीहरुको सूची बनाउन केही समय लागे पनि आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने स्रोतले जनाएको छ ।
मन्त्रीहरुको सपथग्रहणको लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको बालुवाटार स्रोतले जनाएको छ । साँझ सात बजेसम्म सपथग्रहण हुनसक्ने र शीतल निवासमा सपथग्रहणको लागि तयारी भइरहेको स्रोतले जनाएँको छ ।
२५ सदस्यीय मन्त्रिपरिषदमा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री र ...


