×

राजनीति

चीनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौं आउँदै

चीनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल  काठमाडौं आउँदै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजन लगत्तै चीनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबाट चिन्तित बनेको चीनले पछिल्लो अवस्था आँकलनपछि पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउको नेतृत्वको टोली काठमाडौं पठाएको हो । चीनियाँ राजदूत होउ यान्छीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न नेताहरुसँग भेट गरेकी छन् । चीनले नेकपा विभाजन हुन नदिन यसबीचमा पटक पटक प्रयास गरेको थियो । ...

कांग्रेसमा फेरी ज्योतिषीको चर्चा : देउवा भन्छन “अव म प्रधानमन्त्री”

कांग्रेसमा फेरी ज्योतिषीको चर्चा : देउवा भन्छन “अव म प्रधानमन्त्री”
काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छन्’ भनिदिएको विषय अहिले पार्टीभित्र पुनः चर्चामा छ । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा पुनःस्थापना भए पनि काँग्रेस निर्णायक शक्ति हुने पृष्ठभूमि जोड्दै प्रधानमन्त्रीको लाइनमा को–को हुनुहन्छ, ज्योतिषीकोमा हेराउन गए हुन्छ भनी धारणा राखेका थिए । कार्कीले त्यसको भन्दा देउवा मख्ख मात्रै थिएनन्, उनले बोलेर सकिनासाथ कार्कीको भनाइको जव...

सर्वोच्चले गर्यो संसद पुनःस्थापना नहुने संकेत : अन्तरिम आदेश अस्वीकार गरी सरकारका नाममा कारण देखाउ आदेश मात्रै जारी

सर्वोच्चले गर्यो संसद पुनःस्थापना नहुने संकेत : अन्तरिम आदेश अस्वीकार गरी सरकारका नाममा कारण देखाउ आदेश मात्रै जारी
काठमाडौं  । संबैधानिक इजलाशले प्रतिनिधिसभा बिघटनको निर्णय बदर गर्न मागसहित परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवरा नेतृत्वको पाँच सदस्यीय संबैधानिक इजलाशले आज निवेदनको प्रारम्भिक सुनुवाई गर्दै प्रतिनिधिसभा बिघटन गर्ने निर्णयबिरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारको नाममा कारण देखाउ आदेश दिएको हो । इजलाशले रिट निवेदकको मागबमोजित आदेश दिन नपर्ने निश्कर्षसहित प्रतिनिधिसभा विघटन गर्नुको आधार र कानूनी औचित्य पुष्टि गर्न सरका...

मन्त्रिपरिषद पुनर्गठन : एक मन्त्री र राज्यमन्त्री हटे, कसलाई कुन मन्त्रालय ?

मन्त्रिपरिषद पुनर्गठन : एक मन्त्री र राज्यमन्त्री हटे, कसलाई कुन मन्त्रालय ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् ।हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन् । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन् । त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् । जुली कुम...

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित
चितवन । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित हुनु भएको छ । संघको आज शुक्रबार भरतपुरमा सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनले पाण्डेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा विरबहादुर गुरुङ्, उपाध्यक्षमा क्रमशः प्रकाश चापागाई, प्रकाश श्रेष्ठ, महासचिबमा नेत्रनारायण आचार्य, सचिबमा नरेन्द्र अधिकारी, सह–सचिबमा मोहोन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । समितिको सद...

प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री हुँदै, सात बजे सपथ

प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री हुँदै, सात बजे सपथ
काठमाडौं  । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थपेका छन्।नयाँ थपिएका मन्त्रीहरूको शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।आज प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री बन्न लागेका हुन्।उनीहरू तीनै जना पूर्वमाओवादी हुन्। साह श्रम, रायमाझी उर्जा र थापा पर्यटन मन्त्री ब...

मन्त्रिपरिषद बैठक सर्‍यो,नयाँ मन्त्री सहित साँझ ८ बजे बस्ने

मन्त्रिपरिषद बैठक सर्‍यो,नयाँ मन्त्री सहित साँझ ८ बजे बस्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गरेपछि नयाँ मन्त्रीहरु सहित मन्त्रिपरिषद बैठक बस्ने भएको छ । यसअघि साँझ ६ बजे बस्ने भनिएको बैठक मन्त्रीहरुको नाम तय हुन ढिलाई भएका कारण सरेको हो । प्रधानमन्त्रीले प्रचण्ड–माधव नेपाल समूह रहेका कतिपय नेताहरुलाई आफूतिर ल्याएर मन्त्री बनाउन लागेको बताइएको छ । पूर्व मओवादीतर्फका टोपवहादुर रायमाझी,मणि थापा,दावा लामा लगायत केही नेता मन्त्रीमा थपिने भएको स्रोतले जनाएको छ । यस्तै प्रभु साह र गौरीशंकर चौधरी पनि मन...

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री बनाउन कांग्रेसको समर्थन अनिवार्य 

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री बनाउन कांग्रेसको समर्थन अनिवार्य 
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका ८० मध्ये ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध बागमती प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आफ्नै पार्टीका बहुमत सांसदहरू मुख्यमन्त्री पौडेलको विपक्षमा देखिएपछि बागमतीमा नयाँ सरकार गठनबारे चर्चा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि स्पष्ट दुई खेमामा विभाजित भएका नेकपालाई बागमतीमा सरकार बनाउन नेपाली कांग्रेसको समर्थन अनिवार्यजस्तै देखिएको छ । सातमध्ये सबैभन्दा ठ...

नेकपा विवाद विद्यार्थी संगठनमा पनि, संयोजक महरलाई कारबाही गरेको तामाङको घोषणा

नेकपा विवाद विद्यार्थी संगठनमा पनि, संयोजक महरलाई कारबाही गरेको तामाङको घोषणा
काठमाडौं । नेपाल कम्युनिस्‍ट पार्टीको विवाद भातृ संगठनमा पनि देखिन थालेको छ । शुक्रबार अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको समूहले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ । संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको तामाङले शुक्रबार विज्ञप्ति जारी गरी जनाएका छन् । संगठनको नीति, निर्णय र विधान विपरीतका गतिविधि निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । ...